सम्पत्ति जाँचबुझ आयोग गठन बारे काँग्रेसले उठायो यी प्रश्न
२०८३ वैशाख ०४ शुक्रवार
- नेपाली काँग्रेसले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगप्रति सकरात्मक टिप्पणी गर्दै यसको प्रक्रिया बारे प्रश्न उठाएको छ ।
काठमाण्डौ, ०४ वैशाख । नेपाली काँग्रेसले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगप्रति सकरात्मक टिप्पणी गर्दै यसको प्रक्रिया बारे प्रश्न उठाएको छ ।
बुधवार र बिहिवार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्पत्ति छानबिनका सम्बन्धमा निर्णय गर्दै सरकारको शासकीय सुधार कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध गरी सम्पत्ति छानबिन गर्ने उल्लेख भए पनि सो अनुसार कानुन निर्माण नगरी मन्त्रिपरिषद्को निर्णयबाट आयोग गठन गरिएको प्रति प्रश्न उठाएको हो ।
काँग्रेसले आफ्नो निर्णयमा नेपाली कांग्रेसले २०४८ सालदेखि सार्वजनिक पदमा रहेका उच्च तहका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गर्न, अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न तथा २०४६ देखि २०८२ सम्मका भ्रष्टाचारसम्बन्धी प्रकरणहरूको अनुसन्धान गर्न निरन्तर माग गर्दै आएको उल्लेख गर्दै सरकारले प्रक्रिया अगाडि बढाएकोलाई नेपाली कांग्रेस सकारात्मक रूपमा लिन्छ र २०६२ अघिका अवधिसम्म समेत छानबिनको दायरा विस्तार गर्न ध्यानाकर्षण गराएको छ ।
त्यस्तै सरकारको शासकीय सुधार कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध गरी सम्पत्ति छानबिन गर्ने उल्लेख भए पनि सो अनुसार कानुन निर्माण नगरी मन्त्रिपरिषद्को निर्णयबाट आयोग गठन गरिएको छ, जुन आफ्नै घोषणासँग बाझिएको जिकिर गरेको छ । यस्तो काँग्रेले आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राख्नु उपयुक्त हुँदैन, किनकि यसले कार्यपालिकाको हस्तक्षेपको सम्भावना बढाउने र निष्पक्षता प्रभावित हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेसले आयोग स्वायत्त र स्वतन्त्र हुनुपर्छ भन्दै हालको संरचनाले अपेक्षित स्वायत्तता कायम गर्न नसक्ने हुँदा यसको कार्यशैली विवादास्पद हुन सक्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै काँग्रेसले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि त्यसको वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्न उठेको भन्दै सार्वजनिक पदमा आएपछि सम्पत्ति सार्वजनिक गर्नु कानुनी कर्तव्य भएको, तर त्यसअघिको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नहरूको स्पष्ट र कानुनी उत्तर दिनु सम्बन्धित व्यक्तिको नैतिक दायित्व भएको कांग्रेसले स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राजेश हमाललाई हर्क साम्पाङको आग्रह: माटो चिन्हबाट चुनाव लड्नुपर्छ
-
‘बालेनको बालापन’ भन्दै सुदनको टिप्पणी, आवश्यक परे प्रहरीसमक्ष हाजिर हुनेछु
-
भारतविरुद्धको टेस्टमा फलोअन बचाउन संघर्ष गर्दै अफगानिस्तान
-
रास्वपाको महोत्तरी जिल्ला अधिवेशनको बन्द सत्र स्थगित
-
परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पुरा गरि स्वदेश फर्किदै
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।