तिब्बत स्वायत्त क्षेत्रद्वारा नेपाललाई दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण

सारांश
  • शुक्रबार सिगात्सेस्थित रिझी नाकामा उक्त सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

काठमाडौँ: चीनको तिब्बत स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित नेपालका लागि बेलिब्रिजसहितका आपत्कालीन राहत साशुक्रबार सिगात्सेस्थित रिझी नाकामा उक्त सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।मग्री उपलब्ध गराएको छ । 

 

हस्तान्तरणस्थलमा चिनियाँ र नेपाली भाषामा ‘साझा हिमाल, साझा नदी-दुःखसुखमा एकताबद्ध : तिब्बत नेपालको सहयोगमा’ भन्ने सन्देश राखिएको थियो । विपद्का समयमा दुई देशका नागरिकबीच रहेको सहयोग र ऐक्यबद्धताको प्रतीकका रूपमा उक्त सन्देश प्रस्तुत गरिएको थियो ।

 

उपलब्ध गराइएको सहयोगमा बेलिब्रिजका प्यानल, मजबुत झुन्ड्याउने डन्डी, आधार संरचना, पुलका सतह तथा फलामे डन्डीलगायत सामग्री रहेका छन् । यी सामग्रीबाट दुई वटा बेलिब्रिज निर्माण गर्न सकिने र नेपालका पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना तथा उद्धार र राहत कार्यमा प्रयोग गरिने जनाइएको छ ।

 

ल्हासामा तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच हस्तान्तरण कार्यक्रमसमेत भएको थियो । नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए ।

 

नेपालले विपद्पछि चीनले देखाएको शीघ्र सहयोगप्रति आभार व्यक्त गर्दै तिब्बत स्वायत्त क्षेत्रको समयमै प्राप्त सहयोगले दुई पक्षबीचको गहिरो मित्रता झल्काएको बताएको छ । साझा हिमाल र नदीले जोडिएका दुई पक्ष कठिन समयमा एकअर्कालाई सहयोग गर्ने सम्बन्धलाई यस सहयोगले थप बलियो बनाएको जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार