एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति

२० भाद्र, २०८३, शनिवार
सारांश
  • उनले विपत्तिको समयमा नेपाललाई सामान्य राहत मात्रै नभई जलवायु क्षतिपूर्ति आवश्यक रहेको बताएका छन् ।

काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले लाङटाङ हिमालको उत्तरी मोहडामा गएको हिमपहिरो तथा त्यसपछि भोटेकोशी र त्रिशूली नदी किनारका करिडोर, बजार तथा बस्तीमा भएको क्षतिको मुख्य कारण जलवायु परिवर्तन रहेको बताएका छन् ।

 

पोखरेलले कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालले ठूलो विपत्ति व्यहोर्नुपरेको बताएका छन् । उनले अत्यधिक कार्बन उत्सर्जन गर्ने तथा विलासी उपभोग गर्ने विकसित राष्ट्रहरू नै यस्तो अवस्थाका मुख्य जिम्मेवार रहेको दाबी गरेका छन् ।

 

उनले विपत्तिको समयमा नेपाललाई सामान्य राहत मात्रै नभई जलवायु क्षतिपूर्ति आवश्यक रहेको बताएका छन् । पोखरेलले वातावरण संरक्षणमा नेपालले पुर्‍याएको योगदानबापत प्राप्त हुनुपर्ने सहयोग अझै नपाएको बताएका छन् । हिमाल पग्लिएर आउने बाढी तथा हिमपहिरोका कारण तटीय क्षेत्रका नागरिकले भोगिरहेको पीडा र क्षतिको भर्पाइ विकसित औद्योगिक राष्ट्रहरूले गर्नुपर्ने उनको भनाइ छ ।

 

यसअघि एमाले नेतृत्वको सरकारका समयमा ‘सगरमाथा संवाद’मार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने प्रयास गरिएको स्मरण गर्दै पोखरेलले अब नेपालले पुनः ‘सगरमाथा सम्मेलन’ आयोजना गरेर जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने बताएका छन् ।

 

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले त्यहाँ वातावरण संरक्षण, जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् ।

 

पोखरेलले नेपालको जलवायु न्याय प्राप्तिको अभियानमा अन्तर्राष्ट्रिय समुदायले खुलेर सहयोग गर्नुपर्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार