भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार

२० भाद्र, २०८३, शनिवार
सारांश
  • नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो ।

नुवाकोट: रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ ।

 

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो ।

 

उद्धारका क्रममा श्रेष्ठ भेटिएकी थिइन् । उद्धारपछि उनलाई हेलिकोप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा ल्याइँदैछ । मैथिली ब्यारेकमा प्रारम्भिक उपचार गरिने र स्वास्थ्य अवस्था तथा आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं लगिने तयारी गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार