- बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफन्त गुमाएका नागरिकको आक्रोशलाई पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित आमाबाबुहरुलाई सम्बोधन गर्दै सरकार उनीहरूको साथमा रहेको बताउँदै आफूहरूमाथि भरोसा राख्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्य अझै जारी रहेको आशा जगाएको बताएका छन् । यसअघि पनि प्रभावित क्षेत्रबाट ज्येष्ठ नागरिकसहित धेरै नागरिकको उद्धार गरिएको उनले उल्लेख गरेका छन् ।
उनले बाढीका कारण घर, खेतबारी, पशुचौपाया तथा परिवारका सदस्य गुमाएका ज्येष्ठ नागरिकले भोगिरहेको पीडा आफूहरूले महसुस गरेको बताएका छन् । सरकारले अस्थायी शिविर तथा आश्रयस्थलमा राहत, स्वास्थ्य सेवा र आवश्यक सुविधा उपलब्ध गराइरहेको जानकारी दिँदै मानसिक तथा शारीरिक पीडा कम गर्न स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत दिइरहेको बताएका छन् ।
देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जनालाई काठमाडौँको म्हैपीस्थित ज्येष्ठ नागरिक हेरचाह केन्द्र र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अस्थायी आश्रय दिइएको प्रधानमन्त्री शाहले बताएका छन् । उनीहरूका लागि ह्वीलचियर र हिँडडुलमा सहयोग गर्ने साधनसमेत उपलब्ध गराइएको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर सुरक्षित बसोबासको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। उनले ज्येष्ठ नागरिकलाई देशका आधार र मार्गदर्शकका रूपमा उल्लेख गर्दै कठिन समयमा पनि उनीहरूको अनुभव र सल्लाह आवश्यक रहेको बताएका छन् ।
बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफन्त गुमाएका नागरिकको आक्रोशलाई पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन् । पीडितमाथि अनावश्यक टिप्पणी गर्ने वा थप पीडा दिनेहरूमाथि सरकार कठोर हुने चेतावनी दिँदै उनले उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति सम्मान र कृतज्ञता व्यक्त गरेका छन् ।
अन्त्यमा प्रधानमन्त्री शाहले ज्येष्ठ नागरिकलाई 'हामीमाथि भरोसा राख्नुहोस्' भन्दै कठिन अवस्थामा सरकार उनीहरूको साथमा रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १७३ जना घाइते
-
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
-
क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’