कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
२० भाद्र, २०८३, शनिवार
- सडक विभागका अनुसार यो तत्कालका लागि मेसिन सञ्चालन गर्न बनाइएको प्रारम्भिक ट्र्याक भएकाले डिजाइनअनुसार सावधानीपूर्वक काम भइरहेको छ ।
धादिङ: पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानको भित्री तथा माथिल्लो भागबाट नयाँ ट्र्याक खोल्ने काम तीव्र पारिएको छ ।
हालसम्म दुवैतर्फ गरी करिब २५२ मिटर अस्थायी ट्र्याक खनिएको सडक बिभागले जानकारी दिएको छ । दुवैतर्फबाट खनिएको ट्र्याक जोडिइसकेको छ भने उक्त ट्र्याकबाट उत्खननका लागि प्रयोग हुने मेसिन आवतजावत गर्न सक्ने गरी प्रारम्भिक बाटो तयार गरिएको हो ।
सडक विभागका अनुसार यो तत्कालका लागि मेसिन सञ्चालन गर्न बनाइएको प्रारम्भिक ट्र्याक भएकाले डिजाइनअनुसार सावधानीपूर्वक काम भइरहेको छ ।
पहिरो गएको स्थानको अवस्थाअनुसार सडकको माथिल्लो भागबाट करिब २७ मिटर माथि हुँदै नयाँ बाटो खोल्ने योजना छ। यसका लागि कुल करिब ३७० मिटर नयाँ बाटो निर्माण गरिने योजना बनाइएको छ । नयाँ सडक करिब ७ मिटर चौडा बनाउने विभागले बताएको छ ।
बाटो खोल्ने क्रममा बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो । यातायात सञ्चालन सहज बनाउन नयाँ ट्र्याक निर्माणको कामलाई तीव्रता दिइएको सडक विभागले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
-
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
-
चलचित्र 'गौँथली' ले मनायो प्रदर्शनको ५१औँ दिन
-
एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति
-
नेपालले सहानुभूति होइन, जलवायु न्याय मागिरहेको छ- डा. तोसिमा कार्की
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।