राज्यसत्ता प्रतिशोध साँध्ने औजार होइन, इनम सापकोटा प्रकरण छानबिन गर्न संसदीय समिति गठन होस्
१३ मार्ग, २०८३
- कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्।
उनले कांग्रेसका सभापति गगन थापालगायत अन्य ब्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने विषय सार्वजनिक भएको र यो सामान्य विषय नभएको बताएका छन्।
सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएको आङ्देम्बेले बताएका छन्। अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको उनले स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीबाट यसको स्पष्ट जवाफ आउने अपेक्षा कमै रहेको उल्लेख गर्दै आङ्देम्बेले सरकारमाथि प्रश्नसमेत उठाएका छन्। ‘प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ। तैपनि प्रश्न गर्न चाहन्छु – सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ? यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो। सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ’, आङ्देम्बेले भनेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित
-
राज्यसत्ता प्रतिशोध साँध्ने औजार होइन, इनम सापकोटा प्रकरण छानबिन गर्न संसदीय समिति गठन होस्
-
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि
-
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।