भोटेकोशी बाढीपीडित बालिकालाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

११ मार्ग, २०८३
सारांश
  • सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार कार्यक्रम सुरु गरेको छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट बिहीबार उक्त कार्यक्रमको सुरुवात गरिएको हो।

रसुवा : सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार कार्यक्रम सुरु गरेको छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट बिहीबार उक्त कार्यक्रमको सुरुवात गरिएको हो।

 

बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै कार्यक्रम अघि बढाइएको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरिन्।

 

कार्यक्रमअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर प्रत्येक महिना १७ हजार ५०० रुपैयाँ आर्थिक सहायता पाउनेछिन्।

 

मन्त्री वादीका अनुसार बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका अन्य बालबालिकालाई समेत सरकारले दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गर्नेछ।

 

उनले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारिन्। स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उनको भनाइ छ।

 

बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर उद्धार, संरक्षण र पुनःस्थापनाका काम अघि बढाइने सरकारले जनाएको छ। यसअन्तर्गत उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास तथा मनोसामाजिक अवस्थालाई समेत ध्यान दिइने मन्त्री वादीले जानकारी दिइन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार