- वीरगन्ज महानगरपालिका–१० आदर्शनगर चोकस्थित होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको छ।
वीरगन्ज : वीरगन्ज महानगरपालिका–१० आदर्शनगर चोकस्थित होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको छ।
बिहीबार राति जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले क्यासिनोमा छापा मारेको हो। प्रहरीले क्यासिनोभित्र जुवा खेलिरहेका ९ जना र उनीहरूलाई जुवा खेलाउन संलग्न ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ।
क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाउने गरिएको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह, पर्सागढी नगरपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैयाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौं साँखुका ४० वर्षीय राजेश श्रेष्ठ रहेका छन्।
त्यस्तै, क्यासिनोका कर्मचारी बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक भट्ट, वीरगन्जका ३७ वर्षीय प्रभु तुरहा र सिरहाको धनगढीमाईका ४६ वर्षीय दीपमराज पराजुली पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।