४ महिनाभित्र सकिएला सूर्यविनायक–धुलिखेल ६ लेन सडक ?

११ मार्ग, २०८३
सारांश
  • अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको निर्माण कार्य चार वर्षदेखि जारी रहे पनि निर्धारित समयभित्र सम्पन्न हुनेमा चुनौती देखिएको छ।

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको निर्माण कार्य चार वर्षदेखि जारी रहे पनि निर्धारित समयभित्र सम्पन्न हुनेमा चुनौती देखिएको छ।

 

सम्झौताअनुसार आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म सूर्यविनायक–साँगा खण्डको करिब ५५ प्रतिशत र साँगा–धुलिखेल खण्डको करिब ७७ प्रतिशत काम मात्र पूरा भएको छ।

 

आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रमा मापदण्डसम्बन्धी विवादका कारण लामो समयसम्म निर्माण कार्य प्रभावित भएको थियो। गत कात्तिकमा उक्त विवाद समाधान भएपछि भने निर्माण कार्यले पुनः गति लिएको छ।

 

सडक विस्तारको काम २०७९ पुसदेखि दुई छुट्टाछुट्टै खण्डमा विभाजन गरी सुरु गरिएको थियो। जसअनुसार ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा खण्ड निर्माणका लागि करिब ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

 

त्यस्तै, ८.४ किलोमिटर दूरीको साँगा–धुलिखेल खण्ड निर्माणका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।

 

हाल सडक विस्तारको काम जारी रहेकाले विभिन्न स्थानमा सवारी चालक तथा यात्रुले धूलो र सवारी जामको समस्या झेल्नुपरेको छ। निर्माण कार्यका कारण दैनिक आवतजावतमा समेत असहजता भइरहेको छ।

 

सम्झौताअनुसार निर्माण सम्पन्न गर्न अब करिब चार महिना मात्र बाँकी रहेकाले दुवै खण्डको बाँकी काम समयमै सक्नुपर्ने दबाब आयोजनामाथि परेको छ। हालसम्मको भौतिक प्रगति र बाँकी कामको अवस्थालाई हेर्दा निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्नु चुनौतीपूर्ण देखिएको छ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार