कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

२० कार्तिक, २०८३
सारांश
  • कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वडाका २६१ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वडाका २६१ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

 

कृष्णनगर नगरपालिका वडा नं. १, ७ र ९ का परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि लालपुर्जा पाएका हुन्। 

 

उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन ।

 

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाएर आवश्यक प्रक्रिया पूरा गरिएपछि अहिले २६१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

 

लालपुर्जा प्राप्त भएपछि वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार