झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद

२० कार्तिक, २०८३
सारांश
  • झापाको मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट प्रहरीले ५५७ किलो गाँजा बरामद गरेको छ ।

झापा : झापाको मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट प्रहरीले ५५७ किलो गाँजा बरामद गरेको छ ।

 

स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार बिहान खोजतलास गरेको थियो । खोजतलासका क्रममा १३ वटा पोकामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

 

बरामद गाँजाको प्लास्टिकसहित तौल ५६२ किलो ८०० ग्राम रहेको छ भने प्लास्टिक हटाउँदा ५५७ किलो रहेको छ ।

 

प्रहरीले गाँजा बरामद गरी आवश्यक मुचुल्का तयार गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार