- नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ मा तीन कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
काठमाडौं : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ मा तीन कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
आईपीओ निष्कासन अनुमति पाएका तीन कम्पनीमध्ये दुईवटा जलविद्युत् क्षेत्रका छन् भने एउटा उत्पादनमूलक क्षेत्रको कम्पनी हो ।
बोर्डको नियमन विभागले सार्वजनिक गरेको विवरणअनुसार हिम पर्वत हाइड्रोपावर, कान्तिपुर फार्मास्युटिकल्स ल्याब र आशुतोष इनर्जीलाई आईपीओ निष्कासनको अनुमति दिइएको हो ।
यी तीन कम्पनीले कुल ८८ करोड १५ लाख रुपैयाँ बराबरका ८८ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएका छन् । तीनवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सेयर निष्कासन गर्नेछन् ।
बोर्डबाट सबैभन्दा अनुमति पाएको हिम पर्वत हाइड्रोपावरले स्थानीय तथा सर्वसाधारणका लागि ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । यसबाट कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ पुँजी जुटाउनेछ । कम्पनीलाई गत असोज २० गते अनुमति दिइएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक क्यापिटल रहेको छ ।
त्यस्तै, कान्तिपुर फार्मास्युटिकल्स ल्याबले सर्वसाधारणका लागि १७ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १७ करोड रुपैयाँ जुटाउनेछ । कम्पनीले गत कात्तिक १९ गते अनुमति पाएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
यसैगरी, आशुतोष इनर्जीले स्थानीय तथा सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १२ करोड रुपैयाँ जुटाउनेछ । बोर्डले कम्पनीलाई कात्तिक २० गते अनुमति दिएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।