- अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सातवटा सर्तसहित नयाँ परमाणु प्रस्ताव पठाएको छ ।
काठमाडौं : अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सातवटा सर्तसहित नयाँ परमाणु प्रस्ताव पठाएको छ ।
कतारमार्फत अमेरिकासम्म पुर्याइएको प्रस्तावमा इरानले आफ्ना सात सर्त पूरा भएपछि मात्रै परमाणु कार्यक्रमबारे वार्ता गर्ने र होर्मुज जलमार्ग खोल्ने जनाएको छ ।
मिडिया रिपोर्ट अनुसार इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले उक्त प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । यद्यपि उनले प्रस्तावमा समावेश सर्तबारे विस्तृत जानकारी दिएका छैनन् ।
इरानले अमेरिकासँग राखेका सर्तमा आफूविरुद्ध लगाइएका आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, विदेशमा रोक्का राखिएको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने र युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग समावेश छन् । त्यस्तै, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, तेल बिक्रीमा पूर्ण छुट दिनुपर्ने, इरान र उसका सहयोगीमाथि अमेरिका तथा इजरायलले गर्ने सैन्य आक्रमण रोक्नुपर्ने र पश्चिम एसियामा अमेरिकी सैनिक उपस्थिति घटाउनुपर्ने सर्त राखिएको छ ।
अमेरिका र इरानबीचको प्रमुख विवाद परमाणु कार्यक्रमलाई लिएर छ । अमेरिकाले इरानले परमाणु हतियार निर्माणको दिशामा अघि नबढ्ने सुनिश्चित गर्नुपर्ने भन्दै परमाणु कार्यक्रमबारे वार्ता गर्न चाहेको छ । तर इरानले भने परमाणु विषयमा छलफल गर्नुअघि आर्थिक प्रतिबन्ध र अन्य सैन्य अवरोध हटाउनुपर्ने अडान राखेको छ ।
अमेरिका पहिले परमाणु कार्यक्रमबारे छलफल गर्न चाहन्छ भने इरानले त्यसअघि आर्थिक तथा सैन्य प्रतिबन्ध हटाउनुपर्ने माग गरेको छ । यही विषयमा दुई देशबीच सहमति हुन सकेको छैन ।
अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको अवस्था सहज नभएपछि कतारलगायतका देशले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । यसपटक पनि इरानले कतारमार्फत आफ्नो प्रस्ताव अमेरिकासम्म पुर्याएको हो । यसअघि पनि कतारले दुई देशबीच वार्ता गराउन र तनाव कम गर्न भूमिका खेलेको थियो ।
हालसम्म अमेरिकाले इरानको प्रस्ताव स्वीकार गरेको पुष्टि भएको छैन । अमेरिकी समीक्षापछि मात्रै दुई देश वार्ताको दिशामा अघि बढ्ने वा सर्तलाई लिएर तनाव कायम रहने भन्ने स्पष्ट हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।