- बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ईनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन् ।
काठमाण्डौ, १२ कार्त्तिक । प्रधानन्यायाधीश मनोजकुमार शर्माले ईनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ईनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन् ।

आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै उनले ती समाचार आधारहीन र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक विज्ञप्तिमा शर्माले उक्त प्रसंगमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरु एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरुसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन । मैले कहिँकतैं भेटेको पनि छैन । उक्त प्रसङ्गमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर, जनवरीमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ । यसरी आधारहीन, झुठ्ठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्धेश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु । यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध समेत गर्दछु ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।