प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन

११ कार्तिक, २०८३
सारांश
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।

काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।

 

भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा उनले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

 

त्यस्तै, प्रहरी गण तथा गुल्म, जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालन हुने अन्य प्रहरी कार्यालयका प्रमुखहरूलाई पनि निर्देशन दिइएको छ । कार्यक्रममा नेपाल प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार