मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
११ कार्तिक, २०८३
- मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
काठमाडौँ : मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र प्रतिवेदन तयार गरिएको तथा झुट्टा बिलका आधारमा भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ ।
मुद्दामा कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र एलाइड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढालाई प्रतिवादी बनाइएको छ ।
आयोगले उनीहरूबाट ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरी बिगोबराबर जरिवाना, कैद र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । साथै, परामर्शदाता कम्पनीलाई समेत कानुनअनुसार सजाय गर्न माग गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता
-
श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने
-
नेप्सेमा ३३.२९ अंकको वृद्धि, ७ अर्ब ४५ करोडको कारोबार
-
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
-
मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।