- पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत कार्यक्रमअनुसार ६ प्रकारका सीप विकास तालिम सञ्चालन गर्ने भएको छ ।
पोखरा : पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत कार्यक्रमअनुसार ६ प्रकारका सीप विकास तालिम सञ्चालन गर्ने भएको छ ।
महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रले इच्छुक नेपाली नागरिकलाई तालिममा सहभागी हुन आवेदन दिन आग्रह गर्दै सूचना सार्वजनिक गरेको छ । तालिमका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना पहिलोपटक प्रकाशित भएको मितिले २१ दिनभित्र व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार वेटर तथा वेट्रेस, केयर गिभर, कुक, बारिस्ता, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गरिनेछ । प्रत्येक तालिममा २० जनाका दरले कुल १२० जनालाई सहभागी गराउने लक्ष्य राखिएको छ । वेटर तथा वेट्रेस, केयर गिभर, कुक र बाल विकास सहजकर्ता तालिमको अवधि ३२० घण्टा तोकिएको छ भने बारिस्ता र सहायक ब्युटिसियन तालिम १६० घण्टाको हुनेछ ।
तालिममा सहभागी हुन आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यताअन्तर्गत वेटर तथा वेट्रेस तालिमका लागि कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ । केयर गिभर, कुक, बारिस्ता र सहायक ब्युटिसियन तालिमका लागि एसएलसी वा एसईई उत्तीर्ण हुनुपर्ने व्यवस्था छ। बाल विकास सहजकर्ता तालिममा सहभागी हुन कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन दिन इच्छुक व्यक्तिले सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति, फोटो दुई प्रति र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। आवेदन फाराम व्यवसाय प्रवर्द्धन केन्द्रको वेबसाइट https://bpc.pokharamun.gov.np/vacancy/trainings/ बाट डाउनलोड गर्न सकिनेछ। आवश्यक कागजातसहित २०८३ कात्तिक ३० गते कार्यालय समयभित्र आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
तालिमका लागि आवेदन दिएका व्यक्तिमध्ये अन्तर्वार्तामार्फत प्रशिक्षार्थी छनोट गरिनेछ। अन्तर्वार्ता २०८३ मंसिर ३ र ४ गते बिहान १०ः३० बजे व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृहमा हुने जनाइएको छ। आवेदन सङ्ख्या आवश्यक सङ्ख्याभन्दा कम भएमा तालिम सञ्चालन गर्ने वा नगर्ने निर्णय केन्द्रले गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
एप्पलको ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या, निःशुल्क साटीदिने घोषणा
-
टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज
-
पोखरा महानगरमा ६ प्रकारका सीपमूलक तालिमका लागि आवेदन आव्हान
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।