अभियान संयोजक पन्त अर्थमन्त्री वाग्लेले भारतमा दिएको अभिव्यक्तिबारे के भन्छन् ?
११ कार्तिक, २०८३
- कम्युनिस्ट पृष्ठभूमिका कतिपय व्यक्तिले परम्परागत भारतविरोधी शैलीमा आफ्नो असहमति व्यक्त गर्ने गरेका छन् भने लोकतान्त्रिक पृष्ठभूमिका व्यक्तिले तुलनात्मक रूपमा नरम शैली अपनाउने गरेका छन् ।
काठमाण्डौ, ११ कार्त्तिक । ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानका संयोजक सौरभ राज पन्तले भारतसँगको सम्बन्धलाई लिएर नेपालमा व्यापक राष्ट्रिय सहमति र साझा दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
हालै नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटको एक प्यानलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवाद र भारतविरोधी भावनासम्बन्धी विषयमा व्यक्त गरेको अभिव्यक्तिले नेपालमा यस विषयमा पुनः बहस सिर्जना गरेको पन्तको भनाइ छ ।
पन्तका अनुसार, नेपालमा भारतसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोण व्यक्तिको राजनीतिक पृष्ठभूमि र वैचारिक धारणाअनुसार फरक हुने गरेको छ । कम्युनिस्ट पृष्ठभूमिका कतिपय व्यक्तिले परम्परागत भारतविरोधी शैलीमा आफ्नो असहमति व्यक्त गर्ने गरेका छन् भने लोकतान्त्रिक पृष्ठभूमिका व्यक्तिले तुलनात्मक रूपमा नरम शैली अपनाउने गरेका छन् । त्यस्तै, सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ताका कतिपय युवाले भारतसँग विकास साझेदारीलाई प्राथमिकता दिनुपर्ने र पुराना बहसमा अल्झिन नहुने धारणा राख्ने गरेका छन् ।
“रमाइलो कुरा के छ भने, यस विषयमा सबैको आफ्नै बुझाइ छ। तर, फरक–फरक बुझाइ र राजनीतिक दृष्टिकोणका आधारमा अगाडि बढिरहँदा विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको भारतसँग प्रभावकारी ढंगले संवाद र सहकार्य गर्न सकिएला त?” पन्तले प्रश्न गरे ।
उनले भारतसँगको सम्बन्धलाई केवल भारतसमर्थन वा भारतविरोधको दृष्टिकोणबाट मात्र हेर्न नहुनेमा जोड दिँदै नेपालको राष्ट्रिय हित, आर्थिक विकास र बदलिँदो विश्व परिस्थितिलाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताए । “भारतसँग प्रभावकारी रूपमा सम्बन्ध व्यवस्थापन गर्न व्यापक राष्ट्रिय सहमति आवश्यक छ। त्यसैले नेपालको परराष्ट्र नीति र आर्थिक एजेन्डामा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ,” पन्तले भने ।
पन्तले यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियान अघि बढाइएको बताए । उनका अनुसार, भारतलगायत प्रमुख अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतासँग जोड्न तथा नेपालको आर्थिक विकासका लागि सहकार्यका सम्भावना पहिचान गर्न विभिन्न क्षेत्रका सरोकारवालाबीच संवाद आवश्यक छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता
-
श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने
-
नेप्सेमा ३३.२९ अंकको वृद्धि, ७ अर्ब ४५ करोडको कारोबार
-
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
-
मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।