- मुगुको छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडामा खुडा प्रहार गरी ७५ वर्षीय धनबिर कामीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडामा खुडा प्रहार गरी ७५ वर्षीय धनबिर कामीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ८: २० बजे सोही स्थानका ३२ वर्षीय अजबिर कामीले धनबिरमाथि धारिलो हतियार खुडा प्रहार गरेका थिए । गम्भीर घाइते भएका धनबिरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि फरार भएका अजबिरको खोजीमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।
प्रहरी टोलीले बिहान करिब ९: ३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा उनलाई खुडासहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’