- सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका अहिले पार्टी कार्यालय सानेपा लगिएको छ र मतगणना आज दिउँसोदेखि गर्ने तयारी गरिएको छ ।
काठमाण्डौ, २४ असोज । नेपाली कांग्रेसका अन्य पदाधिकारीहरुको मतगणना दिउसोबाट शुरु हुने भएको छ ।
सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका अहिले पार्टी कार्यालय सानेपा लगिएको छ र मतगणना आज दिउँसोदेखि गर्ने तयारी गरिएको छ । पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताएका छन् । कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ । त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ ।
काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत शुक्रबार राति १० बजे मतदान सम्पन्न भएको थियो । लगत्तै राति करिब १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा सभापतिको भएको मतगणना भएको थियो ।
सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन। जसमा कुल ५४ मत बदर भएको थियो । यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।