काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता

२० असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन प्रक्रिया जारी छ ।

काठमाडौं : नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन प्रक्रिया जारी छ । 

 

उपसभापतिका लागि चन्द्र भण्डारी, देवराज चालिसे, डा. मिनेन्द्र रिजाल, गण्डकीका मुख्यमन्त्री समेत रहेका सुरेन्द्रराज पाण्डे र दीपक गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

 

त्यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी, धनराज गुरुङ र जीवन परियारलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।  त्यस्तै महिलातर्फको उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । त्यसैगरी वरिष्ठ उपसभापतिमा भने अहिलेसम्म विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी दर्ता भएको छ  ।

 

काँग्रेसले यस पटक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापतिको व्यस्था गरेको छ । जसमा महिला र समावेशीलाई एक एक उपसभापति आरक्षण गरिएको छ भने खुलातर्फ २ उपसभापति र एक वरिष्ठ उपसभापति राखिएको छ ।

 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार