- महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराएका थिए भन्ने सन्दर्भ आज विवादित भएपनि उनलाई अहिंसावादी व्यक्तित्त्वको रुपमा भने दर्शाउने गरिएको छ । तर बौद्धमार्गी भने अहिंसालाई परमधर्मको रुपमा लिने गर्छन् ।
काठमाण्डौ, १६ असोज । आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइँदैछ । नेपाल लगायत विश्वभरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
यस बर्षको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा ‘शान्तिमा लगानी गरौँ — सबैका लागि, सबै ठाउँमा, हरेक दिन’ नारा तय गरिएको छ ।
दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गर्दछन् ।
विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।
सन् २००८ देखि राष्ट्र संघका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएका छन् ।
महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराएका थिए भन्ने सन्दर्भ आज विवादित भएपनि उनलाई अहिंसावादी व्यक्तित्त्वको रुपमा भने दर्शाउने गरिएको छ । तर बौद्धमार्गी भने अहिंसालाई परमधर्मको रुपमा लिने गर्छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।