छठले प्रकृतिप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिन्छ- राष्ट्रपति पौडेल

२९ कार्तिक, २०८३
सारांश
  • छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने यस पर्वले राष्ट्रिय एकता अभिवृद्धि, मौलिक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

काठमाण्डौ, २९ कार्त्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना र पारिवारिक एकताको सन्देश दिने बताएका छन् ।

 

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने यस पर्वले राष्ट्रिय एकता अभिवृद्धि, मौलिक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

 

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।

 

तराई–मधेश क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्नु खुसीको विषय भएको उनको सन्देशमा उल्लेख छ ।

 

राष्ट्रपति पौडेलले छठ पर्वले स्वच्छता, सात्विकता, संयमता र सद्भावको परम्परालाई अघि बढाउँदै समाजमा विद्यमान जातीय, वर्गीय तथा लैङ्गिक विभेद र विकृति अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

 

उनले छठ पर्वले राष्ट्रिय एकता, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रालाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् भन्दै छठी माता र सूर्य भगवान्सँग कामनासमेत गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार