- भारतको दिल्लीबाट नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
काठमाडौं : भारतको दिल्लीबाट नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान रहेका छन्। उनलाई शनिबार विमानस्थलबाट पक्राउ गरिएको हो।
शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा प्रहरीले सलमानले बोकेको झोला जाँच गरेको थियो। जाँचका क्रममा झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको अवस्थामा ३.५ किलोग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।
प्रहरीले सलमानको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ परेका सलमानमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन
-
विमानस्थलबाट तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ
-
मङ्सिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक गर्दै एमाले
-
प्रधानमन्त्रीका निर्णयमा रास्वपाको पूर्ण समर्थन : प्रवक्ता खरेल
-
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।