- गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङ र यारु क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ ।
गोरखा : गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङ र यारु क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ ।
बिहान करिब ९ बजे यारु पुलनजिक खसेको पहिरोका कारण उक्त क्षेत्रको सडक तथा पैदलमार्ग अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पहिरोका कारण हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । घटनाको अवस्था बुझ्न प्रहरी टोली परिचालन गरिएको छ ।
पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी नदीमा खसेको र नदीको बहाव भने अवरुद्ध नभएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।