जलवायु अनुकूलनका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्दैछौँ- शिक्षामन्त्री पोखरेल

२९ कार्तिक, २०८३
सारांश
  • शिक्षामन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि विद्यालय तहको पाठ्यक्रममा जलवायु शिक्षालाई अनिवार्य समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

काठमाडौं: शिक्षामन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि विद्यालय तहको पाठ्यक्रममा जलवायु शिक्षालाई अनिवार्य समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

 

टर्कीको एन्टाल्यामा आयोजित जलवायु सम्मेलन कोप–३१ को मन्त्रीस्तरीय छलफलमा उनले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनसँगै विद्यालयका भौतिक संरचनालाई जलवायुमैत्री र सुरक्षित बनाउने काम भइरहेको जानकारी दिए ।

 

उनका अनुसार देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र भवन संहिताअनुसार खुला क्षेत्रको अवस्थाबारे अध्ययन भइरहेको छ। अध्ययनका आधारमा सुरक्षित विद्यालय निर्माणका लागि गुरुयोजना तयार गरिनेछ ।

 

उनले जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका विद्यालयमा परेको असर उल्लेख गर्दै जलवायु अनुकूलनका लागि शिक्षा र वैज्ञानिक सहकार्य आवश्यक रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार