भोटेकोशी विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

२०८३ असोज १६ शुक्रवार
सारांश
  • हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।

काठमाण्डौ, १६ असोज । हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।

 

विहिवार सिंहदरबारमा बेसको समितिको बैठकले सदस्यहरूले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन् ।

 

त्यस्तै, समितिको टिओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए । त्यस्तै उनले प्रतिनिधि सभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ सांसदहरूलाई आमन्त्रित सदस्यको रूपमा सहभागी गराउन प्रस्ताव गर्दै आ-आफ्नो दलबाट सम्बन्धित विषयका विशेषज्ञ सांसदहरूको नाम प्रस्ताव गरी ल्याउन आग्रह गरेका थिए । समितिको अर्को बैठक शुक्रबार ३ बजे बग्ने तय भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार