अर्थशास्त्री डा. वलीले काङ्ग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने

२०८३ असोज १५ विहिवार
सारांश
  • अर्थशास्त्री डा. सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।

काठमाण्डौ,  १५ असोज । अर्थशास्त्री डा. सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । यही असोज १८ गतेबाट हुने पार्टीको १५औँ महाधिवेशनमा डा. वलीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

रोल्पा स्थायी घर भएका उनी रोल्पाबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । डा. वली कांग्रेसको विधानअनुसार ३५ वर्ष मुनीका युवातर्फको केन्द्रीय सदस्यका लागि उम्मेदवार हुन् ।

 

नीति तथा योजना क्षेत्रका विज्ञ डा. वली नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशनदेखिका क्रियाशील सदस्य हुन् ।

 

चीनबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनीसँग आफ्नो विज्ञताका आधारमा यसअघि पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति प्रतिष्ठानमा नीति विज्ञको रूपमा रहेर काम गरेको अनुभव पनि छ ।

 

त्यस्तै, डा. वलीले यसअघि लुम्बिनी प्रदेश योजना आयोग र संघीय मन्त्रालयका विभिन्न योजनामा विज्ञको रूपमा पनि काम गरेका छन् । अहिले पनि डा. वली 'इनिसियटिभ फर इक्विटेबल अर्थ' मार्फत अध्ययन तथा अनुसन्धानमा क्रियाशील छन् ।

 

साथै, उनी गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार