ज्येष्ठ नागरिकको अनुभव समेट्न ‘अनुभव बैंक’ बनाइदै

१५ असोज, २०८३, बिहिवार
सारांश
  • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवनअनुभव संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण प्रक्रिया अघि बढाएको छ ।


काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवनअनुभव संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण प्रक्रिया अघि बढाएको छ ।

 

मन्त्रालयका अनुसार डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकका अनुभव र सीप अभिलेखीकरण गरिनेछ। यसमार्फत विद्यार्थी, युवा तथा नयाँ पुस्तालाई ज्येष्ठ नागरिकको अनुभव र ज्ञानसँग जोड्ने व्यवस्था गरिनेछ।

 

मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लाभग्राहीका रूपमा मात्र नभई समाजका महत्वपूर्ण ज्ञानदाता र मार्गदर्शकका रूपमा हेर्नुपर्ने बताएकी छन् ।

 

अनुभव बैंकमार्फत कृषि, उद्यम, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान तथा सामाजिक जीवनमा ज्येष्ठ नागरिकले हासिल गरेको अनुभव सुरक्षित गरी पुस्तान्तरण गर्ने मन्त्रालयको योजना छ ।

 

मन्त्रालयले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ र शहरीकरणका कारण ज्येष्ठ नागरिकका अनुभव हराउँदै जान नदिन यस पहललाई अघि बढाइएको जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार