कांग्रेसको १५औं महधिवेशनको नारा र लोगो सार्वजनिक

८ असोज, २०८३, बिहिवार
सारांश
  • नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । विहिबार सामाजिक सञ्जालमार्फत् काँग्रेसले महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।

काठमाडौँ  : नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । विहिबार सामाजिक सञ्जालमार्फत् काँग्रेसले महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।

 

'नेपाली कांग्रेसको १५ औँ महाधिवेशन- परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प' भन्ने नारा तय गरिएको छ ।

 

त्यस्तै १५औं महाधिवेशनको लोगोमा पार्टीका यसअघिका सभापतिहरुलाई स्थान दिइएको छ । जसमा बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।

काँग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत हाल नगर अधिवेशन जारी रहेको छ भने त्यसपछि जिल्ला र प्रदेश हुदै यहि असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुने कार्यतालिका रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार