ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
२०८३ असोज ०८ विहिवार
- बैठक आज अपराहन्न १२: ३० बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
काठमाण्डौ, ०८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको जारी बैठक आज पनि बस्दैछ ।
बैठक आज अपराहन्न १२: ३० बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
केन्द्रीय कमिटीको बैठकअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
एमाले केन्द्रीय कमिटीको बैठक आज तेस्रो दिन बुधबार पनि भनिमण्डलस्थित रामबाग भवनमा बसेको थियो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
यसअघि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा र सुझावका विषयमा स्पष्ट पारेका थिए ।
सोमबारदेखि शुरु भएको बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी, आयोगका अध्यक्ष तथा केन्द्रीय कमिटीका सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
-
ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।