- नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । विहिबार सामाजिक सञ्जालमार्फत् काँग्रेसले महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।
काठमाडौँ : नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । विहिबार सामाजिक सञ्जालमार्फत् काँग्रेसले महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।
'नेपाली कांग्रेसको १५ औँ महाधिवेशन- परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प' भन्ने नारा तय गरिएको छ ।
त्यस्तै १५औं महाधिवेशनको लोगोमा पार्टीका यसअघिका सभापतिहरुलाई स्थान दिइएको छ । जसमा बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।
काँग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत हाल नगर अधिवेशन जारी रहेको छ भने त्यसपछि जिल्ला र प्रदेश हुदै यहि असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुने कार्यतालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।