भारी वर्षाको सम्भावनापछि दाङका पाँच सडकखण्ड राति बन्द हुने

८ असोज, २०८३, बिहिवार
सारांश
  • भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङका विभिन्न पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।

दाङ : भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङका विभिन्न पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका धेरै भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले असोज ८ गतेदेखि हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने भएको हो ।

 

बन्द हुने सडकखण्डहरूमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी र तुलसीपुर–सुर्खेत सडकअन्तर्गत तुलसीपुरदेखि कालिमाटीसम्म रहेका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार