परराष्ट्रमन्त्री खनाल र अमेरिकी अधिकारीबीच छुट्टाछुट्टै भेटवार्ता

२०८३ असोज ०७ बुधवार
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपमन्त्री एलिसन हुकरसँग भेटवार्ता गरेका छन् ।

काठमाण्डौ, ०७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपमन्त्री एलिसन हुकरसँग भेटवार्ता गरेका छन् ।

 

भेटमा नेपाल–अमेरिका सम्बन्ध, हालैको भोटेकोशी बाढीपछि भइरहेको राहत तथा पुनर्निर्माणका प्रयास र नेपालको पुनःस्थापनाका लागि अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

 

यसैगरी अमेरिकी वाणिज्य मण्डलका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकारी डा. जोसुवा वाकरले पनि मन्त्री खनालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपालमा लगानीका अवसर, आर्थिक सहकार्य विस्तार तथा नेपाल र अमेरिकाबीच व्यावसायिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार