बुधबारबाट कोशी, बागमती र गण्डकीमा बर्षाको गतिविधि बढ्दै जाने
६ असोज, २०८३, मगलवार
- मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
काठमाडौं ; मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ । मध्य प्रदेशसहित कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भइ पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको विभागले जनाएको छ । यसको प्रभावले बुधबारबाट नै कोशी, बागमती र गण्डकी प्रदेशबाट बर्षाको गतिविधि बढ्दै जाने मौसम बुलेटिनमा उल्लेख छ ।
सो प्रभावले विशेषगरी पहाडी क्षेत्रमा पहिरो, बाढी र गेग्रान बहावको जोखिम बढ्नुका साथै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ ।
भारी वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ । महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्ने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
-
गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड
-
राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
-
एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
-
काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।