आफ्नो अपमान गरेको भन्दै संसद्मै भावुक बनिन् जेनजी शहिदकी आमा
६ असोज, २०८३, मगलवार
- उनले भनिन्- 'छोराको लासमाथि सांसद पद साटेको भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गर्दछु ।'
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले छोराको लाससँग संसद पद साटेको भन्दै आफुलाई अपमानित गरिएको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै जेनजी शहिद रसिक खतिवडाकी आमा सांसद खतिवडाले आफुलाई अपमानित गरिएको बताउदै आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गरेकी हुन् ।
उनले भनिन्- 'छोराको लासमाथि सांसद पद साटेको भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गर्दछु ।'
संसद्मा उभिनु कुनै व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको भन्दै सांसद खतिवडाले जेन्जी आन्दोलनका सहिदहरूले पूर्णरुपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन् । उनले शहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरिन् । आफ्नो सम्बोधनको क्रममा उनी भावुक भएकी थिइन् ।
उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानसेनापतिद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
-
नेकपाले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि बनायो वार्ता समिति
-
आफ्नो अपमान गरेको भन्दै संसद्मै भावुक बनिन् जेनजी शहिदकी आमा
-
ट्रम्पको प्रतिबन्धविरुद्ध सीएनएनसहित तीन सञ्चार संस्थाको कानुनी चुनौती
-
प्रधानमन्त्री शाहको विदाईमा परम्परागत औपचारिकता नहुने
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।