ट्रम्पको प्रतिबन्धविरुद्ध सीएनएनसहित तीन सञ्चार संस्थाको कानुनी चुनौती
६ असोज, २०८३, मगलवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएन, पोलिटिको र एमएस नाउले प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् ।
काठमाडौँ ; अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएन, पोलिटिको र एमएस नाउले प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् ।
ती सञ्चार संस्थाले समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकारको प्रवेश अनुमति रद्द गरिएको भन्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बताएका छन् ।
ट्रम्पले भने ती सञ्चार संस्थाले आफ्नो प्रशासनबारे झुटा र नकारात्मक समाचार प्रकाशित गरेको आरोप लगाउँदै प्रतिबन्धको बचाउ गरेका छन् । यसैबीच, एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले ह्वाइट हाउसको सामूहिक समाचार संकलनमा सहभागी नहुने घोषणा गरेका छन् ।
यसैबीच, ह्वाइट हाउसले सोमबार ‘ट्रम्प टिभी : द एसेन्सियल्स स्टेसन’ नामको २४ घण्टा चल्ने डिजिटल भिडियो प्रसारण सेवा सुरु गरेको छ । यसमा प्रशासनका घोषणा, राष्ट्रपतिको वक्तव्य र अन्य सामग्री प्रसारण गरिने बताइएको छ ।
ह्वाइट हाउसले उक्त सेवा सुरु गरेको समयमै सीएनएन, एमएस नाउ र पोलिटिकोले ह्वाइट हाउसबाट आफूहरूलाई बाहिर राखिएको विषयमा कानुनी चुनौती दिएका छन् । उनीहरूले सरकारलाई सञ्चारमाध्यमले के समाचार प्रकाशन गर्ने भन्ने निर्णय गर्ने अधिकार नहुने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।