अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
२ असोज, २०८३, शुक्रवार
- उनले हालै नेपालमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
काठमाडौं: भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा आर्थिक, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री वाग्लेसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
उनले हालै नेपालमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
जयशंकरले नेपालसँगको समग्र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन् । विशेषगरी आर्थिक, ऊर्जा तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् ।
अर्थमन्त्री वाग्ले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गरी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा सम्पर्क सञ्जालका विषयमा छलफल गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।