- नयाँ एआई मोडल जीपीटी–५.६ र एस्ट्राको सार्वजनिकपछि कम्पनीको आम्दानी वृद्धिमा गति आएको छ।
काठमाडौं: च्याटजीपीटी निर्माता ओपनएआईले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि १.२ ट्रिलियन डलरको मूल्याङ्कनमा नयाँ निजी लगानी जुटाउने विषयमा लगानीकर्तासँग प्रारम्भिक छलफल गरेको छ।
फाइनान्सियल टाइम्सका अनुसार कम्पनीले मार्चमा ८५२ अर्ब डलरको मूल्याङ्कनमा १२२ अर्ब डलर जुटाएको थियो। नयाँ लगानीबाट कम्पनीको मूल्य करिब १.२ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, छलफल प्रारम्भिक चरणमा रहेकाले रकम परिवर्तन हुन सक्ने जनाइएको छ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले कम्पनीको आईपीओ सन् २०२७ अघि हुने सम्भावना कम रहेको बताएका छन्। थप निजी लगानीले सफ्टबैंक र थ्राइभ क्यापिटलजस्ता लगानीकर्तालाई आफ्नो लगानी बढाउने अवसर दिनेछ।
नयाँ एआई मोडल जीपीटी–५.६ र एस्ट्राको सार्वजनिकपछि कम्पनीको आम्दानी वृद्धिमा गति आएको छ। गत महिना ओपनएआईको वार्षिकीकृत आम्दानी ४० अर्ब डलर नाघेको बताइएको छ।
यसैबीच, प्रतिस्पर्धी एन्थ्रोपिकको मूल्याङ्कन ९६५ अर्ब डलर पुगेको छ। एन्थ्रोपिक अक्टोबरमै आईपीओमा जान सक्ने र त्यसबेला यसको मूल्याङ्कन करिब २ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
-
चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने
-
एनपीएलमा आज दुई खेल हुँदै
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।