तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्बको निक्षेप सङ्कलन गर्दै
२०८३ भाद्र ३१ बुधवार
- नेपाल राष्ट्र बैंकले ३० दिनका लागि ६० अर्ब बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
काठमाण्डौ, ३१ भाद्र । नेपाल राष्ट्र बैंकले ३० दिनका लागि ६० अर्ब बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप सङ्कलनको अवधि आगामी असोज ३० गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।
बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।
यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।