माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ६ शव निकालियो

२०८३ असोज ०२ शुक्रवार
सारांश
  • भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ६ शव फेला परेका छन् ।

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ६ शव फेला परेका छन् ।

 

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो ।

 

उद्धार टोलीले काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी सुरुङबाट शव बाहिर निकालेको जनाएको छ । सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार