विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कांग्रेसको माग
३० भाद्र, २०८३, मगलवार
- सर्वदलीय बैठकमा उठेको उच्चस्तरीय संसदीय समिति गठनको प्रस्ताव अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी सर्वदलीय बैठकमा उठेको उच्चस्तरीय संसदीय समिति गठनको प्रस्ताव अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
आङ्देम्बेका अनुसार सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि समिति गठन गर्ने विषय उठेको थियो । संसद्को रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बितिसक्दा पनि समिति गठन नभएको भन्दै उनले अब एक साताभित्र समिति बनाउन आग्रह गरेका छन् ।
उनले प्रस्तावित समिति सरकारको विरोधका लागि नभई सरकारलाई थप जिम्मेवार र व्यवस्थित बनाउन तथा पहुँच नपुगेका क्षेत्रमा राहत पुर्याउन सहयोगी बन्ने बताए । भेटका क्रममा विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई समेत अघि बढाउन सभामुखको ध्यानाकर्षण गराइएको आङ्देम्बेले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल
-
कांग्रेसको १५औँ महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?
-
असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुने
-
आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ
-
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कांग्रेसको माग
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।