आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ
३० भाद्र, २०८३, मगलवार
- मंगलबार निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बुटवल: रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको थियो ।
घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को ट्याङ्कर भागेकोमा प्रहरीले पछ्याएर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्याङ्कर र व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल
-
कांग्रेसको १५औँ महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?
-
असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुने
-
आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ
-
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कांग्रेसको माग
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।