- खराब मौसमका कारण जाभा सागरमा २४० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक पानी जहाज सम्पर्कविहीन भएपछि इन्डोनेसियाली अधिकारीहरूले खोजी तथा उद्धार अभियान सुरु गरेका छन् ।
एजेन्सी, २८ भाद्र । खराब मौसमका कारण जाभा सागरमा २४० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक पानी जहाज सम्पर्कविहीन भएपछि इन्डोनेसियाली अधिकारीहरूले खोजी तथा उद्धार अभियान सुरु गरेका छन् ।
इन्डोनेसियाको खोज तथा उद्धार निकायका अनुसार भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियोस्थित दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ प्रस्थान गरेको थियो । त्यसपछि जहाजसँग सम्पर्क टुटेको हो ।
जहाजमा कति यात्रु र चालक दलका सदस्य थिए भन्नेबारे थप विवरण सार्वजनिक भएको छैन । अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। उद्धार निकायले जहाजको अन्तिम अवस्थिति एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ ।
करिब १७ हजार द्वीप रहेको इन्डोनेसियामा एक द्वीपबाट अर्को द्वीपमा आवतजावतका लागि पानीजहाजमा ठूलो निर्भरता छ । तर सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा त्यहाँ पानीजहाज दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।