उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परिक्षण

२७ भाद्र, २०८३, शनिवार
सारांश
  • दक्षिण कोरिया, अमेरिका र जापानले पाँच दिनसम्म उत्तर कोरियालाई केन्द्रमा राखेर संयुक्त समुद्री सैन्य अभ्यास गरेका थिए । उत्तर कोरियाले यसअघि उक्त अभ्यासलाई आफ्नो सुरक्षाका लागि ‘खतरा’ भन्दै विरोध गरेको थियो ।

काठमाडौँ: दक्षिण कोरिया, अमेरिका र जापानबीच संयुक्त समुद्री सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले शनिबार छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।

 

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्र करिब २५० किलोमिटर उडेका थिए ।

 

दक्षिण कोरिया, अमेरिका र जापानले पाँच दिनसम्म उत्तर कोरियालाई केन्द्रमा राखेर संयुक्त समुद्री सैन्य अभ्यास गरेका थिए । उत्तर कोरियाले यसअघि उक्त अभ्यासलाई आफ्नो सुरक्षाका लागि ‘खतरा’ भन्दै विरोध गरेको थियो ।

 

दक्षिण कोरिया र अमेरिकी गुप्तचर निकायले क्षेप्यास्त्र प्रहारसम्बन्धी सूचना आदानप्रदान गरेका थिए भने जापानलाई पनि जानकारी गराइएको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार