बढी रकम लिएर ग्यास विक्री गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

२०८३ भाद्र २८ आइतवार
सारांश
  • प्रशासनले काठमाडौं जिल्लाभर सघन अनुगमन भइरहेको जनाउँदै सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिए कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाण्डौ, २८ भाद्र । काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ ।

 

प्रशासनले काठमाडौं जिल्लाभर सघन अनुगमन भइरहेको जनाउँदै सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिए कारबाही गर्ने चेतावनी दिएको छ । ग्यास लुकाएर वा भण्डारण गरेर बिक्री नगरेको पाइए तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ ।

 

ग्यास लुकाएको वा भण्डारण गरेर बिक्री नगरेको सूचना भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार