बढी रकम लिएर ग्यास विक्री गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी
२०८३ भाद्र २८ आइतवार
- प्रशासनले काठमाडौं जिल्लाभर सघन अनुगमन भइरहेको जनाउँदै सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिए कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाण्डौ, २८ भाद्र । काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ ।
प्रशासनले काठमाडौं जिल्लाभर सघन अनुगमन भइरहेको जनाउँदै सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिए कारबाही गर्ने चेतावनी दिएको छ । ग्यास लुकाएर वा भण्डारण गरेर बिक्री नगरेको पाइए तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ ।
ग्यास लुकाएको वा भण्डारण गरेर बिक्री नगरेको सूचना भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।