रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
२८ भाद्र, २०८३, आइतवार
- सरकारले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
काठमाडौँ: रसुवा–भोटेकोशी बाढीले नेपालमा २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको पाइएको छ।
सरकारले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। पूर्वाधार पुनर्निर्माणका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै १ खर्ब ३४ अर्ब ६९ करोड, सडकमा २२ अर्ब र पुलमा ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीबाट क्षतिग्रस्त सम्पूर्ण संरचनाको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रतिवेदनले औंल्याएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।