काठमाडौँमा टोल-टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने
२८ भाद्र, २०८३, आइतवार
- महानगरभित्र स्थानीयको माग र वडाको सिफारिसका आधारमा विभिन्न टोल तथा बस्तीमा आरोग्य केन्द्र सञ्चालन गरिनेछ । आवश्यक स्थान र भौतिक पूर्वाधार महानगरपालिकाले उपलब्ध गराउने तथा प्रशिक्षक र प्राविधिक व्यवस्थापन प्रतिष्ठानले गर्नेछ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले टोल–टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रम सञ्चालन गरी काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउने अभियान अघि बढाउने भएको छ ।
यसका लागि महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ । समझदारीअनुसार शारीरिक, मानसिक, ऊर्जागत, भावनात्मक र बौद्धिक आरोग्यलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिनेछ ।
महानगरभित्र स्थानीयको माग र वडाको सिफारिसका आधारमा विभिन्न टोल तथा बस्तीमा आरोग्य केन्द्र सञ्चालन गरिनेछ । आवश्यक स्थान र भौतिक पूर्वाधार महानगरपालिकाले उपलब्ध गराउने तथा प्रशिक्षक र प्राविधिक व्यवस्थापन प्रतिष्ठानले गर्नेछ ।
विद्यालयमा पनि विद्यार्थीलाई स्वस्थ जीवनशैली, योग, ध्यान तथा जीवनोपयोगी अभ्याससँग जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि लक्षित कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी छ ।
महानगरपालिकाका अनुसार कार्यक्रममा स्वस्थ जीवनशैली, व्यायाम, पोषण, सरसफाइ, तनाव व्यवस्थापन, मानसिक शान्ति, सकारात्मक सोच, प्राणायाम, भावनात्मक सन्तुलन, सिर्जनशीलता, निर्णय क्षमता तथा नेतृत्व विकाससम्बन्धी अभ्यास गराइनेछ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो कार्यक्रम कुनै संस्था विशेषको नभई प्रत्येक महानगरवासीको अभियान भएको बताएकी छन् । उनले नागरिकलाई आफ्नो, परिवारको र टोलको आरोग्यताका लागि सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छन् ।
कार्यक्रमलाई व्यवस्थित र निरन्तर सञ्चालन गर्न महानगरपालिका र प्रतिष्ठानका तीन–तीन जना प्रतिनिधि रहने गरी ‘आरोग्य कार्यदल’ गठन गरिनेछ । कार्यदलले कार्ययोजना बनाउने तथा प्रत्येक महिना बैठक बसेर कार्यक्रमको समीक्षा गर्नेछ ।
महानगरपालिकाले कार्यक्रमबाट नागरिकको स्वास्थ्य र जीवनशैलीमा परेको प्रभावको तुलनात्मक अध्ययन गरी उपलब्धि अभिलेख राख्ने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।