कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र

२८ भाद्र, २०८३, आइतवार
सारांश
  • नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ । साथै ग्राभेल बिछ्याउने र सडकको सतहमुनिको नाली निर्माणको काम पनि अघि बढाइएको छ ।

काठमाडौँ: रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम आज दशौँ दिन पनि तीव्र गतिमा भइरहेको छ ।

 

नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ । साथै ग्राभेल बिछ्याउने र सडकको सतहमुनिको नाली निर्माणको काम पनि अघि बढाइएको छ ।

 

यात्रु तथा सवारीसाधनको आवागमन छिटो, सहज र सुरक्षित बनाउन निर्माण टोली निरन्तर कार्यस्थलमा खटिएको योजनाले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार