कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र

२८ भाद्र, २०८३, आइतवार
सारांश
  • नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ । साथै ग्राभेल बिछ्याउने र सडकको सतहमुनिको नाली निर्माणको काम पनि अघि बढाइएको छ ।

काठमाडौँ: रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम आज दशौँ दिन पनि तीव्र गतिमा भइरहेको छ ।

 

नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ । साथै ग्राभेल बिछ्याउने र सडकको सतहमुनिको नाली निर्माणको काम पनि अघि बढाइएको छ ।

 

यात्रु तथा सवारीसाधनको आवागमन छिटो, सहज र सुरक्षित बनाउन निर्माण टोली निरन्तर कार्यस्थलमा खटिएको योजनाले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार